नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

बाँकेमा ७ जनामा फेरि सङ्क्रमण, नेपालमा काेराेना सङ्क्रमित ८२ पुगे
नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा पुनः आज सात जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले नेपालगञ्जस्थित भेरी अस्पतालमा परीक्षणका क्रममा नेपालगञ्ज उपमहानगरपालिका–८ का चार महिला र तीन पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको बताउनुभयो ।
उहाँका अनुसार २२, ३० र ४० वर्षीय पुरुष र ९, ३२, ३४ र ५५ वर्षीया महिला रहेका छन् । योसँगै बाँकेमा मात्र २३ जनामा सङ्क्रमण देखिएको छ । यसअघि बाँकेमा १६ जनामा सङ्क्रमण देखिएको थियो । नेपालमा सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ । सहप्रवक्ता डा अधिकारीका अनुसार नेपालगञ्जमा देखिएका सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।