नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

प्रधानमन्त्री ओलीकाे सुरक्षा कमान्ड सम्हालेका डीएसपी फेरिए
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीका सुरक्षा कमान्ड सम्हालेका डीएसपी फेरिएका छन् । प्रधानमान्त्री अाेलीकाे प्रमूख सुरक्षा गार्डका रूपमा खटिएका डिएसपी सानुरमा भट्टराई एसपीमा बढुवा भएपछि उहाँकाे ठाउँमा नयाँ डीएसपी ल्याइएकाे छ ।
आइतबारदेखि प्रधानमन्त्रीको सुरक्षा गार्डको रूपमा सुरक्षा कमान्ड सम्हाल्न डिएसपी राजन लिम्बुलाई पठाइएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएकाे छ। डिएसपी लिम्बु यसअघि प्रहरी प्रधान कार्यालयमा नै रहेको सुरक्षा निर्देशनालयमा कार्यरत हुनुहुन्थ्याे ।
यसअघि प्रधानमन्त्रीको सुरक्षामा खटिएका सानुरमा भट्टराई एसपीमा बढुवा भई केन्द्रीय अनुसन्धान व्यूरोमा सरुवा हुनुभएकाे छ ।