What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

भारतमा दुई हप्ता लम्बियाे लकडाउन
What To Know
- काठमाडाैँ । भारतमा कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै जारी लकडाउन थप दुई हप्ताको लागि बढाइएको छ। त्यहाँको गृहमन्त्रालयले त्यसरी देशै भर मानिसहरूको जमघट र ओहोरदोहोरलाई बन्देज लगाउने लकडाउनको अवस्थाको अवधि बढाउने घोषणा गरेको हो।.
- अब भारतमा आउँदो मे ४ तारिखपछि थप दुई हप्तासम्म लकडाउन जारी रहनेछ। भारतले कोरोनाभाइरस फैलन नदिन गत मार्च २४ मा देशव्यापी लकडाउन सुरु गरेको थियो।.
काठमाडाैँ । भारतमा कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै जारी लकडाउन थप दुई हप्ताको लागि बढाइएको छ। त्यहाँको गृहमन्त्रालयले त्यसरी देशै भर मानिसहरूको जमघट र ओहोरदोहोरलाई बन्देज लगाउने लकडाउनको अवस्थाको अवधि बढाउने घोषणा गरेको हो।
अब भारतमा आउँदो मे ४ तारिखपछि थप दुई हप्तासम्म लकडाउन जारी रहनेछ। भारतले कोरोनाभाइरस फैलन नदिन गत मार्च २४ मा देशव्यापी लकडाउन सुरु गरेको थियो।
त्यसबाट पर्ने प्रभावलाई नियन्त्रण गर्ने उद्देश्यले २३ अर्ब अमेरिकी डलर बराबरको एउटा आर्थिक सहायता कार्यक्रम पनि सार्वजनिक गरेको थियो। एप्रिल २५ मा भारतले कोरोनाभाइरस महामारीका फैलिन नदिने उद्देश्यले एक महिनाभन्दा बढी समय बन्द गरिएका स्थानीय किराना पसल पुन: सञ्चालन गर्न दिने निर्णय गरेको थियो।
भारतमा हालसम्म ३५ हजारभन्दा बढीमा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको छ। कोभिड १९ का कारण त्यहाँ ११ सय भन्दा बढीले ज्यान गुमाएका छन्।