बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट
काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ नियमित भेटघाट गर्नुभएको छ । राष्ट्रपति र प्रधानमन्त्रीबीच राष्ट्रपति कार्यालय शीलतनिवासमा आज नियमित भेटघाट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठकमा मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी गराएर प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय जानुभएको हो ।