नेकपाको सचिवालय बैठकमा अध्यादेशबारे जानकारी

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठकमा मन्त्रिपरिषद्ले निर्णय गरी अघि बढाएका अध्यादेशहरूबारे जानकारी दिइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयुक्त अध्यक्षतामा बसेको बैठकमा उक्त जानकारी दिइएको हो ।

बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा बैठकमा पार्टीका अध्यक्ष ओलीले अध्यादेशहरू जारी गर्न निर्णय गर्नुको औचित्यबारे बैठकलाई जानकारी गराउनुभएको उल्लेख छ । बैठकमा सचिवालय ससदस्यले यससम्बन्धी विधि, प्रक्रिया र समय सन्दर्भलगायतमा आआफ्नो धारणा राख्नुभयो । छलफलकै बीचमा राष्ट्रपतिबाट अध्यादेश जारी भएको सूचना प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिले आजै ‘संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ९पहिलो संशोधन० अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी ९दोस्रो संशोधन० अध्यादेश, २०७७ जारी गर्नुभएको हो । बैठकले पार्टीलाई अझ एकताबद्ध बनाउन तथा कोरोना सङ्क्रमणविरूद्ध जारी लडाइँमा सिङ्गो मुलुक एक ढिक्का भई अघि बढ्नुपर्ने आवश्यकतामा विशेष जोड दिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *