काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
कोभिड–१९ : मृत्यु हुनेको संख्या साढे ८८ हजार नाघ्यो, १५ लाख संक्रमित [ अपडेट ]
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको (कोभिड १९) कारण मृत्यु हुनेको संख्या ८८ हजार पाँच सय ३८ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितको संख्या १४ लाख ८४ हजार आठ सय ११ पुगेको छ । यस्तै तीन लाख २९ हजार ८ सय ७६ जना उपचारपछि निको भएका छन् ।
कोरोनाका कारण इटलीमा सबैभन्दा बढी १७ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख ३९ हजार चार सय २२ पुगेको छ ।
स्पेनमा मृत्यु हुनेको सख्या १४ हजार सात सय ९२ पुगेको छ र संक्रमित संख्या एक लाख ४८ हजार दुई सय २० पुगेको छ । स्पेनमा मृत्यु हुनेको संख्या लगातार दुई दिनसम्म बढिरहेको छ । बुधबार सात सय ५७ जनाको मृत्यु भएको यहाँ मंगलबार सात सय ४३ जनाको मृत्यु भएको थियो ।
स्पेनमा संक्रमितको संख्या पछिल्लो चार दिनमा धेरै बढेको छ । पछिल्लो २४ घण्टामा छ हजार एक सय ८० जना नयाँ संक्रमित भेटिएका छन् ।
संयुक्त राज्य अमेरिकामा संक्रमित संख्या चार लाख ३० हजार तीन सय ७६ पुगेको छ भने मृतक संख्या १४ हजार सात सय ३९ पुगेको छ ।
अमेरिकामा एकै दिनमा करिब दुई हजार जनाको मृत्यु भएको हो । अघिल्लो दिनसम्म यहाँ मृतक संख्या १२ हजार आठ सय जना थियो ।
न्युयोर्कमा मात्र कोभिड १९ का कारण छ हजार दुई सय ६८ जनाको मृत्यु भएको छ । यहाँ एकै दिनमा आठ सय भन्दा धेरैको मृत्यु भएको छ ।
फ्रान्समा मृतक संख्या १० हजार आठ सय ६९ पुगेको छ र संक्रमित संख्या एक लाख १३ हजार नौ सय ६५ पुगेको छ ।
बेलायतमा सात हजार ९७ जनाको मृत्यु भएको छ र संक्रमित संख्या ६१ हजार चार सय ७४ पुगेको छ । बेलायतमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ९ सय भन्दा बढी रहेको छ ।