हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
वीर अस्पतालमा निमाेनिया र ज्वराेका दुई बिरामीको मृत्यु, कोरोना संक्रमण परीक्षण हुँदै
काठमाडौं । संघीय राजधानी काठमार्डाैँको बीर अस्पतालमा निमोनिया र ज्वरोका दुई जना बिरामीको मृत्यु भएको छ । उनीहरुमा कोरोणा संक्रणम भएको आशंका गरिएको छ । मृत्यु हुनेमा भारतबाट हालै नेपाल आएका ५० वर्षका पुरुष र चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षकी महिला रहेका छन् ।
वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार दुबै जनाको कोरोना संक्रमण परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको छ । तर रिपोर्ट आएको छैन ।
अस्पताल स्रोतका अनुसार निमोनियाको समस्या देखिएकी महिलालाई आइतबार साँझ अस्पताल ल्याइएको थियो । उनको सोमबार विहान मृत्यु भएको हो । ज्वरो आएर अस्पताल उपचारका लागि आएका पुरुषको सोमबार दिउँसो मृत्यु भएको हो ।