What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
काठमाडाैँमा थप एक जनामा देखियो कोरोना संक्रमण [ अपडेट ]
What To Know
- काठमाडौँ । नेपालमा कोभिड १९ (कोरोना भाइरस) को अर्का एक जना संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । बुधबार तेस्रो केस पोजेटिभ भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक पदाधिकारीले कान्तिपुरलाई बताए। संक्रमितको अन्य जानकारी भने खुलाइएको छैन। उनको टेकु अस्पतालमा उपचार भइरहेको छ।.
- नेपालमा चैत ४ गते कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा संक्रमण देखिएको थियो। गत डिसेम्बरमा चीनकाे वुहानबाट सुरु भएकाे काेभिड-१९ का कारण अहिलेसम्म १८ हजार ९ सय १२ जनाको मृत्यु भइसकेकाे छ। त्यस्तै ४ लाख २३ हजारभन्दा बढी संक्रमित हुँदा एक लाख ९ हजारभन्दा बढी निको भएका छन्।.
काठमाडौँ । नेपालमा कोभिड १९ (कोरोना भाइरस) को अर्का एक जना संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । बुधबार तेस्रो केस पोजेटिभ भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक पदाधिकारीले कान्तिपुरलाई बताए। संक्रमितको अन्य जानकारी भने खुलाइएको छैन। उनको टेकु अस्पतालमा उपचार भइरहेको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएकोमा ६८४ को रिपोर्ट नेगेटिभ आएको छ। केही समयअघि चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो। उनी अहिले उपचारपछि निको भइसकेका छन्।
नेपालमा चैत ४ गते कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा संक्रमण देखिएको थियो। गत डिसेम्बरमा चीनकाे वुहानबाट सुरु भएकाे काेभिड-१९ का कारण अहिलेसम्म १८ हजार ९ सय १२ जनाको मृत्यु भइसकेकाे छ। त्यस्तै ४ लाख २३ हजारभन्दा बढी संक्रमित हुँदा एक लाख ९ हजारभन्दा बढी निको भएका छन्।






