नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

क्रिश्चियन धर्म माने कोरोना लाग्दैन भन्दै भ्रम फैलाउने पास्टर पक्राउ
पोखरा । क्रिश्चियन धर्म माने कोरोना भाइरस लाग्दै भन्दै भ्रम फैलाउने पास्टरलाई प्रहरीले पक्राउ गरेको छ । जुम्ला घर भइ हाल पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्दै आएका केशवराज आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कोरोनाको संन्त्रासमा आचार्यले यशुको अनुयायीलाई कोरोना भाइरसले नछुने प्रवचन दिएका थिए । आचार्य प्रशस्त कटनी मण्डलीका पास्टर हुन् । आचार्यले फुकेरै मन्त्र र रूमालबाट पायल्सबाट निको बनाइदिने प्रवचन दिएका थिए । उनको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
कास्कीका एसपी दानबहादुर कार्कीका अनुसार आचार्यले क्रिश्चियन धर्म माने कोरोना भाइरसले नछुने भ्रम फैलाउने काम गरेकाले पक्राउ गरिएको हो । धर्मका नाममा भ्रम र अफवाह फैलाएको भन्दै उनलाई मुद्दा चलाउने तयारी भइरहेको कार्कीले जानकारी दिनुभयो ।