ज्येष्ठ नागरिकको घर घरमा स्वास्थ्य सेवा

What To Know

  • गुल्मी । छत्रकोट गाउपालिका वडा नम्बर ६ दौघामा रहेको दौघा स्वास्थ्य चौकीले ज्येष्ठ नागरिकलाई घर घरमा पुगेर आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ । ९२ वर्षीया कुमारी ज्ञवालीको स्वास्थ्य जाँच गरी उक्त सेवा शुरु गरिएको छ ।.
  • नेपाल सरकार, प्रदेश नम्बर ५, सामाजिक बिकास मन्त्रालयले सुरुवात गरेको यो कार्यक्रमबाट हाललाई ८४ वर्षमाथिका सम्पूर्ण ज्येष्ठ नागरिकलाई नेपालको संविधानले सुनिश्चित गरेको नागरिकको आधारभुत स्वास्थ्य सम्बन्धि सेवाको हकलाई प्रभाबकारी रुपमा कार्यन्वयन गर्न थालिएको छ । उक्त प्रदेश भित्रका सम्पूर्ण ज्येष्ठ नागरिकलाई सो सेवामा आवद्ध गरी ज्येष्ठ नागरिकप्रति सम्मान र उनीहरुको राज्यद्वारा प्रदान गरिने सेवा सुविधामा अपनत्वको भाव सिर्जना गर्ने यो कार्यक्रमको उदेश्य रहेकोछ ।.

गुल्मी । छत्रकोट गाउपालिका वडा नम्बर ६ दौघामा रहेको दौघा स्वास्थ्य चौकीले ज्येष्ठ नागरिकलाई घर घरमा पुगेर आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ । ९२ वर्षीया कुमारी ज्ञवालीको स्वास्थ्य जाँच गरी उक्त सेवा शुरु गरिएको छ ।

उक्त प्रदेश भित्रका सम्पूर्ण ज्येष्ठ नागरिकलाई सो सेवामा आवद्ध गरी ज्येष्ठ नागरिकप्रति सम्मान र उनीहरुको राज्यद्वारा प्रदान गरिने सेवा सुविधामा अपनत्वको भाव सिर्जना गर्ने यो कार्यक्रमको उदेश्य रहेकोछ ।

नेपाल सरकार, प्रदेश नम्बर ५, सामाजिक बिकास मन्त्रालयले सुरुवात गरेको यो कार्यक्रमबाट हाललाई ८४ वर्षमाथिका सम्पूर्ण ज्येष्ठ नागरिकलाई नेपालको संविधानले सुनिश्चित गरेको नागरिकको आधारभुत स्वास्थ्य सम्बन्धि सेवाको हकलाई प्रभाबकारी रुपमा कार्यन्वयन गर्न थालिएको छ । उक्त प्रदेश भित्रका सम्पूर्ण ज्येष्ठ नागरिकलाई सो सेवामा आवद्ध गरी ज्येष्ठ नागरिकप्रति सम्मान र उनीहरुको राज्यद्वारा प्रदान गरिने सेवा सुविधामा अपनत्वको भाव सिर्जना गर्ने यो कार्यक्रमको उदेश्य रहेकोछ ।

स्वास्थ्य सेवा अन्तर्गत हाललाई सामान्य चेकजाँच, ग्लुकोजको मात्रा, रक्तचाप, स्वासप्रस्वास सम्बन्धी र सामान्य औषधि प्रदान गरिनुका साथै स्वास्थ्य सचेतना फैलाउने उदेश्य रहेको स्वास्थ्य चौकी प्रमूख ठाकुर ज्ञवालीले जानाकारी दिनु भएको थियो ।

हाल दौघामा ८४ वर्षमा माथिका ज्येष्ठ नागरिकको संख्या २१ जना रहेको र सबैलाई यसै साता यो सेवा दिने कार्यक्रम रहेको छ । साथै, विश्वभर तिब्र रुपमा फैलिएको भाइरस कोभिड १९ बारेमा जानकारी दिनुका साथै रोकथामका उपायहरु समेत बताउनु भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *