काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
लोकसेवा सेवा तयारी वस्तुगत प्रश्नोत्तर खरिदार, नासु, शाखा अधिकृत सबैका लागि उपयाेगी
१. स्वीट्जरल्यान्डको डाभोसस्थित वल्र्ड इकोनोमिक फोरमद्वारा प्रदान गरिएको योङ ग्लोबल लिडर्स अवार्ड–२०२० बाट सम्मानित नेपाली युवा को हुनुहुन्छ ?
प्रदीप परियार ।
२. राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता–२०७६ को उपाधि जित्ने खेलाडी को हुनुहुन्छ ?
उमेश राई (ग्यालेक्सी फिटनेस क्लब, झापा) ।
३. नेपाल राजपत्रलाई सरल एवम् सुलभ बनाउन ल्याइएको मोबाइल एप कुन हो ?
नेपाल गजेट ।
४. विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ लाई विश्वव्यापी महामारीका रूपमा घोषणा कहिले गरेको हो ?
सन् २०२० मार्च ११ ।
५. विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० फेब्रुअरी २७ मा कुन–कुन राष्ट्रमा कोरोना भाइरसको जोखिम उच्च रहेको जनाएको हो ?
नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का र अफगानिस्तान ।
६. राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच कहिले पार्टी एकीकरण भएको हो ?
विक्रम संवत् २०७६ फागुन २८ ।
७. अमेरिका र अफगान तालिवान विद्रोहीबीच शान्ति सम्झौता कहिले भएको हो ?
सन् २०२० फेब्रुअरी २९ ।
८. इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुवारकको निधन कहिले भएको हो ?
सन् २०२० फेब्रुअरी २५ ।
९. सन् २०२० मार्चमा प्रदान गरिएको क्रसगोल्ड इन्टरनेसनल पोइट्री अवार्डबाट सम्मानित नेपाली को हुनुहुन्छ ?
प्रा.डा. हेमनाथ पौडेल ।
१०. नेपालमै पहिलो शून्य पोलिथिन र पूर्ण सरसफाइयुक्त स्थानीय तह कुन घोषित हुने भएको छ ?
तिलोत्तमा नगरपालिका ।
११. राष्ट्रिय औद्योगिक गणना–२०७६ को सुरुवात कहिलेदेखि भएको हो?
विसं २०७६ फागुन १५ ।
१२. कोरोनाविरुद्ध सार्क आपतकालीन कोष घोषणा कहिले गरिएको हो ?
विसं २०७६ चैत २ (सन् २०२० मार्च १५) ।
१३. चौथो राजर्षि जनक कप फुटबलको उपाधि कसले जित्यो ?
नेपाल पुलिस क्लब ।
१४. राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमद्वारा काठमाडौँ–नारिता (जापान) उडान सुरु कहिलेदेखि भएको हो ?
विसं २०७६ फागुन १९ (सन् २०२० मार्च २) ।
१५. सन् २०२० मार्च ८ मा मनाइएको ११०औँ अन्तर्राष्ट्रिय महिला दिवसको नारा के हो ?
समानताको पुस्ताःअन्त्य गरौँ हिंसा, विभेद र असमानता ।
१६. साहित्यकार डा. दुर्गाप्रसाद भण्डारी (डीपी भण्डारी) को निधन कहिले भएको हो ?
विसं २०७६ चैत १
१७. नेपालको इतिहासमा कुन घटनालाई बस्नेत पर्व पनि भनिन्छ ?
भण्डारखाल पर्व ।
१८. नेपालको कुन जातिलाई ‘उराव’ भनिन्छ ?
किसान ।
१९. सार्क राष्ट्रका कुन व्यक्तित्वलाई गुरुदेव भनी चिनिन्छ ?
रवीन्द्रनाथ टैगोर (भारत) ।
२०. पाश्चात्य राजनीतिका कौटिल्य भनी कसलाई चिनिन्छ ?
मेकियाबेली ।
२१. पोखरामा सम्पन्न आहा रारा गोल्डकप फुटबल प्रतियोगिता–२०७६ को उपाधि कसले जित्यो ?
मनाङ–मस्र्याङ्दी क्लब ।
२२. शाहवंशको इतिहासमा दुईपटक राज्यारोहण गर्ने व्यक्ति को हुन् ?
ज्ञानेन्द्र शाह
२३. कोसी सम्झौता विसं २०११ वैशाख १२ मा भएको थियो भने गण्डक सम्झौता कहिले भएको थियो ?
विसं २०१६ मङ्सिर १९ ।
२४. आवश्यकतामा आधारित उत्प्रेरणाको सिद्धान्तका प्रतिपादक को हुुनुहुन्छ ?
अब्राहम मास्लो ।
२५. पृथ्वीको उत्पत्तिका बारेमा धारणा प्रस्तुत गर्ने वैज्ञानिक को हुनुहुन्छ ?
जर्ज बफन ।
२६. विश्व ब्याडमिन्टन महासङ्घले सन् २०२० मार्च ११ मा सार्वजनिक गरेको विश्व जुनियर व्याडमिन्टन वरियतामा सातौँ स्थान हासिल गर्न सफल नेपाली खेलाडी को हुनुहुन्छ ?
प्रिन्स दाहाल ।
२७. विश्व नेपाली साहित्य महोत्सवको आयोजना कहिले र कहाँ गरियो ?
विसं २०७६ फागुन १४–२०, धनगढी (कैलाली) ।
२८. मिथिला नाट्यकला परिषद्द्वारा महामुर्ख उपाधि–२०७६ कसलाई प्रदान गरियो ?
लालबाबु राउत (मुख्यमन्त्री, प्रदेश २) ।
२९. नेपालको पूर्वी तराईमा बोलिने झाँगड भाषा कुन भाषा परिवारअन्तगर्त पर्दछ ?
द्रविड ।
३०. नेपालमा काष्ठकलाको उच्चतम विकास कुन कालमा भएको मानिन्छ ?
मल्लकालमा ।