नेकपा पाल्पाद्वारा कोरोना सचेतना कार्यक्रम शुरू

सुनिल कार्की 
पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाल्पाले कोरोना भाइरस (कोभिड १९) सम्बन्धी सचेतनामुलक अभियान सुरू गरेको छ । तानसेनको सित्तलपाटीमा एक कार्यक्रमको गरी सचेतनामलुक पर्चा पम्पेल्ट वितरण एवं घरदैलो कार्यक्रम सुरु गरिएको हो ।

कोरोना भाइरसबाट पछिल्लो समय विश्व समुदाय नै आतंकित बनिरहेको समयमा नेकपा पाल्पाले यसबाट जोगिन सक्ने उपायको बारेमा बृहत कार्यक्रम सञ्चालनमा ल्याएको हाे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले कोरोना भाइरबाट भन्दा पनि यसबारे फैलाईएको नकारात्मक अपबाहबाट जोगिनुपर्ने समय आएको बताउनुभयो । कोरोनाबाट जोगिन सरकारले पर्याप्त तयारी गरेको भन्दै संयममित भएर सर्तकता अपनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा सम्बद्ध नेता तथा कार्यक्रताको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा नेकपाका नेता तथा कार्यक्रताले तानसेनका घर घरमा पुगी कोरोनोबाट जोगिन सन्देश प्रवाहाका साथै स्थानीयलाई पर्चापम्पलेट वितरण गरेका थिए ।

नेकपा पाल्पाले सुरु गरेको उक्त कार्यक्रमको स्थानीयले खुलेुर प्रशंशा गरेका छन् । स्थानीयले स्थानीय सरकारको सहकार्यमा कोरोना सम्बन्धी सचेतनामुलक कार्यक्रमलाई तिव्रता दिन सुझावसमेत दिएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *