नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

मेलम्चीकाे पानी असारमा काठमाडाैँ आइपुग्ने, सकियाे ९५ प्रतिशत काम
काठमाडाैँ । मेलम्ची खानेपानी आयोजनाको ९५.१२ प्रतिशत काम सम्पन्न भएको छ । विहीबार मन्त्रालयमा श्वेत पत्र जारी गर्दै यही असार मसान्त भित्र काठमाडौंमा पानी आउने खानेपानी मन्त्रालयले जानकारी गराएको छ । निर्माण कार्य तीव्र गतिमा अगाडि बढेकोले सरकारले भनेको समयमै काम सम्पन्न हुने खानेपानी मन्त्री बिना मगरले जानकारी दिनुभयो । विगतमा सरकारले बाचा गरे अनुसार काम गर्न नसकेको स्मरण गराउँदै अब तोकेकै समयमा काठमाडौंमा पानी आउने बताउनुभयो ।
खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले निर्माणको काममा अनुगमन राम्रोसँग भएको जानकारी दिंदै विगतका कमी कमजोरी पाठ सिकेर मन्त्रालयले काम गरेको जानकारी दिनुभयो ।
सचिव बेल्बासेले कुनै दैविक प्रकोप नआए असार मसान्त भित्र पानी काठमाडौंमा आउने स्पष्ट पार्नुभयो । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई. तिरेशप्रसाद खत्रीले निर्माण कम्पनीहरुलाई सम्झौता अघि काम गर्ने गरी काम अगाडि बढाएको बताउनुभयो । कार्यकारी निर्देशक खत्रीले आयोजनाको हालसम्म २७ अर्ब ९४ करोड खर्च भइसकेको जानकारी दिनुभयो ।