What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
आस्था राउतलाई ४ दिन हिरासतमा राखिने, आत्मसमर्पण गर्दा पनि पाइनन् छुट
What To Know
- काठमाडौं । अभद्र ब्यवहार कसुरमा पक्राउ परेकी गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राउतलाई थुनामा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आदेश दिइएको हाे ।.
- गायिका राउत सोमबार बिहान आफैं महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएपछि उनी विरुद्धको कारबाही प्रक्रिया प्रहरीले अगाडि बढाएको थियो । आफ्ना मामा र सानो बुवाको साथमा परिसर पुगेर राउतले सोमबार बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन् ।.
काठमाडौं । अभद्र ब्यवहार कसुरमा पक्राउ परेकी गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राउतलाई थुनामा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आदेश दिइएको हाे ।
काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो ।
गायिका राउत सोमबार बिहान आफैं महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएपछि उनी विरुद्धको कारबाही प्रक्रिया प्रहरीले अगाडि बढाएको थियो । आफ्ना मामा र सानो बुवाको साथमा परिसर पुगेर राउतले सोमबार बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन् ।






