What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
सुन भाउ ह्वात्तै बढ्याे
What To Know
- काठमाडाैँ । पछिल्लो दुई दिन स्थिर रहेको सुनको मूल्य तोलाको रु ८०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार २०० निर्धारण गरेको छ । आइतबार प्रतितोला रु ७१ हजार ६०० मा खरिदबिक्री भएको सुन सोमबार र मङ्गलबार रु ७१ हजार ४०० मा कारोवार भएको थियो ।.
काठमाडाैँ । पछिल्लो दुई दिन स्थिर रहेको सुनको मूल्य तोलाको रु ८०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार २०० निर्धारण गरेको छ । आइतबार प्रतितोला रु ७१ हजार ६०० मा खरिदबिक्री भएको सुन सोमबार र मङ्गलबार रु ७१ हजार ४०० मा कारोवार भएको थियो ।
महासङ्घले तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ९०० निर्धारण गरेको छ । आइतबार रु ७१ हजार ३०० मा खरिदबिक्री भएको तेजाबी सुन सोमबार र मङ्गलबार प्रतितोला रु ७१ हजार १०० मा खरिदबिक्री भएको थियो ।
स्थानीय बजारमा सुनसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । सोमबार र मङ्गलबार प्रतितोला रु ८५० मा खरिदबिक्री भइरहेको चाँदीको मूल्य बुधबार प्रतितोला रु ८६५ पुगेको छ ।






