काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
सत्तारुढ नेकपाले उपनिर्वाचनको समीक्षा गर्ने, तीन दिन भित्र रिपाेर्ट पठाउन निर्देशन
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले उपनिर्वाचनको समीक्षा रिपोर्ट केन्द्रीय कमिटिमा पेश गर्न सम्बन्धित कमिटिहरुलाई निर्देशन दिएको छ ।
आज पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेकपा सचिवालय बैठकले उपनिर्वाचन भएका सम्बन्धित क्षेत्रका कमिटिहरुलाई निर्वाचनको समीक्षा गरेर पार्टी केन्द्रीय कार्यालयमा रिपोर्ट पठाउन निर्देशन दिएको हो । आजको बैठकले कमिटिहरुबाट प्राप्त रिपोर्टका आधारमा मंसिर २३ गते बस्ने बैठकमा औपचारिक छलफल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । उक्त बैठकमा पार्टीको संगठनात्मक एकताका विषयमा पनि छलफल हुने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
आगामी सचिवालय बैठकले स्थायी कमिटि र केन्द्रीय कमिटि बैठक बोलाउने विषयमा पनि छलफल गर्ने उहाँले बताउनुभयो । नेकपाको स्थायी कमिटी र सचिवालय बैठक पार्टी एकतापछि एक पटक मात्रै बसेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा पनि जानकारी गराउनु भएको थियो ।
गत मंसिर ४ गते कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि दाहालले पहिलो पटक सचिवालय बैठक बोलाउनुभएको हो । प्रधानमन्त्री ओलीसँग छलफल गरेर डाँकिएको बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र उपप्रधानमन्त्री समेत रहनुभएका ईश्वर पोखरेल भने सहभागि हुनु भएको थिएन । ०००