विवाहपछि किन मोटाउछन् महिला ?

काठमाडाैँ । अधिकांश महिला विवाहपछि बढी मोटाउने गरेको पाइन्छ । जसका कारण धेरैलार्इ अाफ्नाे स्वास्थ्य र फिगर मेन्टेन गर्ने चिन्ताले सताइरहेकाे हुन्छ । यहाँ हामीले विवाहपछि किन महिला माेटाउँछन् भन्नेबारेमा चर्चा गरेका छाैँ ।  एक अध्ययनका अनुसार विवाहको ५ बर्षपछि ८२ प्रतिशत जोडीहरुको तौल बढ्ने गर्दछ र मुख्य रुपमा महिलाको तौल बढी बढ्ने गर्दछ ।
सबैजना जान्न चाहिरहेका हुन्छन् कि विवाहपछि तौल बढ्नुको कारण के होला ?

गर्भनिराेधक अाैषधीकाे प्रयाेग

परिवारकाे अस्थायी साधनकाे प्रयाेगले पनि कतिपय मिहलाकाे ताैल बढ्ने चिकित्सकहरू बताउँछन् । अाैषधीकाे प्रयाेगले केटीहरुमा कयौँ प्रकारका इमोशनल र हर्माेनल  परिवर्तन आउने गर्दछ । बैवाहिक जीवनको सुरुवातसँगै छिट्टै बच्चा जन्माउन नचाहने महिलाले अस्थायी परिवार  नियाेजनका साथन प्रयाेग गर्ने भएकाेले त्यसकाे असरले माेटाेपन बढ्छ ।

लापरवाही 
विवाहभन्दा पहिले केटीहरु आफ्नो लुक्स र तौलमा बढी ध्यान दिने गर्दछन् र नियमित व्यायाम पनि गर्ने गर्दछन् । तर विवाहपछि उनीहरु आफ्नो जिन्दगीमा यति व्यस्त हुने गर्दछन् र आफ्नो हेरचाह गर्न उनीहरुलाई समय नै हुदैन ।

निन्द्राको कमी 
विवाहपछि केटीहरुको स्लिपिङ प्याटर्न नै बदलिने गर्दछ । कहिलेकाहीँ त उनीहरुले पर्याप्त नीद लिन पनि पाउदैनन । केटीहरुको तौल बढ्ने मुख्य कारण नै यही हो ।

प्राथमिकता बदलिनु 
विवाहपछि केटीहरुको प्रथमिकता पनि बदलिने गर्दछ । उनीहरुले पति र परिवारका अन्य सदस्यहरुको हिसाबले रुटीन बनाएर काम गर्ने गर्दछन् । यसकारण उनीहरुलाई आफ्नो बारेमा सोच्ने समय नै मिल्दन र तौल बढ्ने गर्दछ ।

बाहिरको खाना खानु 
विवाहपछि नवविवाहित जोडीहरु प्राय डिनरका लागि बाहिर जाने गर्दछन् । जसबाट अत्याधिक मात्रामा क्यालोरी बढी महिलाहरुको पेटको एरिया बढ्ने गर्दछ ।

उमेर 
आजकलका मानिहरु छिट्टै नै विवाह गर्ने गर्दछन् । अध्ययनका अनुसार ३० बर्षको उमेरपछि मानिसहरुको शरिरमा मेटाबोलिक रेट कम हुने गर्दछ । जसले गर्दा शरिरको तौल बढ्ने गर्दछ ।

चिन्ता 
आफ्नो घर छोडेर विवाहपछि अर्काको घरमा एडजस्ट गर्नु सबैभन्दा कठिन काम हुने गर्दछ । नयाँ घरमा आफूलाई समाहित गर्दा केही चिन्ता र तनाव हुने गर्दछ । जसले गर्दा अप्रत्यक्ष रुपमा तौल बढ्ने गर्दछ ।

गर्भाधारण 
महिलाहरुको तौल बढ्ने एउटा मुख्य कारण गर्भाशय पनि हो । बच्चा जन्माएपछि उनीहरु आफ्नो बच्चाको हेरचाहमा नै बढी ध्यान दिने गर्दछन् र आफ्ना बारेमा सोच्नका लागि उनीहरुसँग समय नै हुदैन ।

टीभी हेर्नु 
विवाहपछि महिलाहरु बढी समय टीभी हेर्नमा बिताउने गर्दछन् । उनीहरुको समय परिवारका नयाँ सदस्यहरुसँग गसिप गर्दैमा बित्ने गर्दछ । जसले गर्दा उनीहरु आफ्नो तौलका बारेमा सोच्दैनन र मोटोपन बढ्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *