टिचिङ अस्पतालमा प्रधानमन्त्री ओलीको अपरेसन गरिँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनु भएको छ । पेट दुख्ने समस्यापछि स्वास्थ्य परीक्षणका लागि मंगलबार त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुर्‍याइएका ओलीलाई एपेन्डीसाइटिसको लक्षण देखिएको अस्पताल स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई चिकित्सकले अस्पतालमै भर्ना हुन सल्लाह दिएपछि उहाँ अस्पताल भर्ना हुनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।  थापाका अनुसार अहिले प्रधानमन्त्रीको अपरेसन गर्ने तयारी भइरहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *