हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
महिला भलिबलमा नेपालको ऐतिहासिक जित
काठमाडौँ । नेपालले बंगलादेशमा भएको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।
ढाकामा बिहिबार भएको फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा नेपालले माल्दिभ्सलाई २५–१३, २५–१२ र २५–८ को सोझो सेटमा पराजित गर्यो ।
योसँगै नेपाली महिला भलिबल टिमले ऐतिहासिक उपाधि हासिल गरेको छ । नेपाली भलिबलले जितेको यो पहिलो अन्तराष्ट्रिय उपाधि हो । यस अघि नेपालले लिग चरणमा माल्दिभ्स, अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई हराएको थियो ।