What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

कालापानी सीमा विवादबारे सचिवस्तरीय संयन्त्रमा छलफल गर्न भारत तयार
What To Know
- काठमाडौं । कालापानी, लिम्पियाधुरा लगायतको क्षेत्रको सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्न भारत तयार भएको छ । एकिन मिति तय नभए पनि बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको नेपाल भ्रमणलगत्तै बैठक बस्ने तयारी रहेकोक परराष्ट्रमन्त्रालय स्रोतले जनाएको छ ।.
- १ हप्ता अघि नेपाली भुभाग छिमेकी भारतले महाकाली नदी भन्दा पनि पूर्वमा पुर्ने तीन वटा नेपाली गाउँ (कुटी, नाबी, गुञ्जी)लाई आफुतिर पारेर नक्सा जारी गरेको नयाँ राजनीतिक नक्साको विषयलाई लिएर नेपालमा चर्को बिरोध भइरहेको छ । ठाउँठाउँमा नेपाल र भारतका प्रधानमन्त्रीको पुत्ला दहन समेत गरिएको छ ।.
काठमाडौं । कालापानी, लिम्पियाधुरा लगायतको क्षेत्रको सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्न भारत तयार भएको छ । एकिन मिति तय नभए पनि बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको नेपाल भ्रमणलगत्तै बैठक बस्ने तयारी रहेकोक परराष्ट्रमन्त्रालय स्रोतले जनाएको छ ।
१ हप्ता अघि नेपाली भुभाग छिमेकी भारतले महाकाली नदी भन्दा पनि पूर्वमा पुर्ने तीन वटा नेपाली गाउँ (कुटी, नाबी, गुञ्जी)लाई आफुतिर पारेर नक्सा जारी गरेको नयाँ राजनीतिक नक्साको विषयलाई लिएर नेपालमा चर्को बिरोध भइरहेको छ । ठाउँठाउँमा नेपाल र भारतका प्रधानमन्त्रीको पुत्ला दहन समेत गरिएको छ ।
अभूतपर्व सहमति
गत हप्ता मात्रै भारतले सावर्जनिक गरेको राजनीतिक नक्साको विरोधमा नेपालका राजनीतिक दलहरुमा अभूतपर्व सहमति देखिएको छ । प्रधानमन्त्री केपी ओलीले सनिबार साझ बोलाएको सर्बदलीय बैठकमा कालापानी, लिम्पियाधुरा लगायतका भूभाग नेपालकै भएको भन्दै उच्चस्तरीय वार्ताबाटै यो सीमा विवादको टुङ्गो लगाउनुपर्नेमा दलहरु एकजुट भएका हुन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कूटनीतिक माध्यामबाट भारतसँग रहेका सबै सीमा समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि मिचिएको यथेष्ट प्रमाण सरकारसँग रहेको उल्लेख गर्दै त्यसैको आधारमा ती समस्या समाधान गर्न सरकार लागिपर्ने दृढता व्यक्त गर्नु भएको हो ।