कांग्रेस सभापति देउवाले भारतीय दुतावासमा फोन गरेर भने कालापानी लिपुलेक हाम्रो हो

काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समावेश गरिएकोमा भारतीय सरकारसमक्ष आपत्ति जनाउनुभएको छ । सभापति देउवाले बिहीबार नेपालका लागि भारतीय राजदुत मंजिव सिंह पुरीलाई फोन गरी कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको उल्लेख गर्दै भारतीय अतिक्रमणप्रति आपत्ति जनाउनुभएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा देउवाले ‘भारतको नयाँ नक्साबारेमा बिहीबार भारतीय राजदुत पुरीसँग टेलिफोन संवाद गरेको र कालापानी तथा लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्य स्मरण गराएको’ उल्लेख छ ।

कांग्रेसले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्यमा आफ्नो प्रस्ट अडान रहेको उल्लेख गर्दै नेपाली भूमिमाथि हुने कुनै पनि किसिमको अतिक्रमण पार्टीलाई स्वीकार्य नहुने जनाएको छ ।

‘कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्यमा नेपाली कांग्रेस प्रष्ट छ र हाम्रा कुनैपनि भूमिमाथि हुने कुनै पनि ढंगको अतिक्रमण हाम्रा लागि अस्वीकार्य छ’ कांग्रेसको विज्ञप्तिमा छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *