तत्काल सभामुखको निर्वाचन हुने अवस्था छैन

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेकाले तत्काल सभामुखको निर्वाचन हुने अवस्था नरहेको बताउनु भएको छ ।

प्रमुख सचेतक गुरुङले एउटै दलको सभामुख र उपसभामुख हुन नपाउने भन्दै सर्वाेच्च अदालतमा दायर गरिएको मुद्दा विचाराधिन रहेकाले सभामुखको निर्वाचनबारे टिकाटिप्पणी गरिरहने नमिल्ने पनि स्पष्ट पार्नु भयो । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सभामुखको निर्वाचन हुनका लागि उपसभामुखले राजीनामा दिनुपर्ने अवस्था रहेको पनि बताउनु भयो ।

सभामुख र उपसभामुख दुवै पद खाली भए दलहरुबीच सहमतिको आधारमा उम्मेदवार तय गरेर निर्वाचन गर्न सकिने प्रमुख सचेतक गुरुङको बुझाई छ । ‘संविधानले सभामुख र उपसभामुख दुई पद फरक÷फरक दलको हुनुपर्ने व्यवस्था गरेको छ,’ प्रमुख सचेतक गुरुङले भन्नु भयो, ‘यस्तो अवस्थामा दुवै पद खाली नभई सभामुखको निर्वाचन गर्न मिल्दैन ।’
यौन दुराचारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिनु थियो । सोही पदका लागि निर्वाचन गर्न सर्वोच्च अदालतमा विचाराधिन मुद्दाले असहज बनाएको प्रमुख सचेतक गुरुङको भनाई छ ।

प्रमुख सचेतक गुरुङले सभामुखको निर्वाचन गर्ने अवस्थानै नभएका बेला त्यसमा व्यक्तिले दावी गर्नुको कुनै औचित्य नरहेको पनि बताउनु भयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *