What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
What To Know
- काठमाडौँ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तगर्त आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वय र सहकार्यमा देशका सबै पालिकामा आज र भोलि यो कार्यक्रम सञ्चालन हुँदैछ ।.
- कार्यक्रमअन्तर्गत जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँच वर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाईदैछ । त्यस्तै ६ महिनादेखि दुई वर्षभित्रका चार लाख बालबालिकालाई बालभिटा र पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइने छ । बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइने गरिन्छ ।.
काठमाडौँ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तगर्त आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वय र सहकार्यमा देशका सबै पालिकामा आज र भोलि यो कार्यक्रम सञ्चालन हुँदैछ ।
कार्यक्रमअन्तर्गत जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँच वर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाईदैछ । त्यस्तै ६ महिनादेखि दुई वर्षभित्रका चार लाख बालबालिकालाई बालभिटा र पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइने छ । बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइने गरिन्छ ।
स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख केदार पराजुलीका अनुसार भिटामिन ए कार्यक्रमका लागि ७५३ वटै पालिकाका ५२ हजार बुथमा सोही सङ्ख्यामा स्वास्थ्यकर्मी परिचालन भएका छन् ।
यो कार्यक्रम संघीय सरकारको प्राविधक र अन्य सहयोगमा स्थानीय तहले सञ्चालन गर्नेछन् । यसका लागि करीब तीन करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।






