नेपाली पत्रकारितामा नौलो अभ्यास

आजको शुभ मुहूर्तमा हामीले डिजिटल पत्रकारिताको क्षेत्रमा पाइला टेकेकाछौँ । एकातिर बढ्दै गएको ब्यस्तता र अर्कोतिर सुलभताका कारण विश्व सञ्चार बजार यतिखेर अनलाइनतर्फ तीव्र रुपमा आकर्षित हुँदै गएको छ, त्यसको प्रभावबाट नेपाली सञ्चारमाध्यम पनि अछुतो छैन । अहिले नेपालमा सयौँ अनलाइन सञ्चालनमा छन् । हरेक अनलाइनले आफूलाई अब्बल सावित गर्ने प्रयास पनि गरिरहेका छन् । यो भीडमा हामी पनि आफूलाई केही फरक प्रस्तुत गर्ने जमर्को गरेका छौँ ।

www.fairnepal.com र www.nepalfair.com मार्फत नेपाली पत्रकारितामा नौलो अध्यास शुरु गरेका छौँ । हामीले समाचार बढीमा २ मिनेट समय सीमामा समेट्ने प्रयास गर्नेछौँ । तपाईँलाई अनलाइनमा अलमलाएर महत्वपूर्ण समय लिने हाम्रो मनसाय छैन । सकेसम्म हामी तपाईँको दैनिक जीवनसँग जोडिने प्रयास गर्नेछौँ । त्यसका लागि समाचार मात्र होइन सूचना जानकारी र मनोरञ्जनसँगै लोकसेवा तयारी, स्वास्थ्य, खानपान र वायोग्राफीलाई पनि प्राथमिकताकासाथ प्रस्तुत गर्नेछौँ । तपाईँले खोजेका सूचना जानकारी दिने हाम्राे प्रयास सदैव रहने छ ।

ब्रेकिङ न्यूजको होडले कतिपय अवस्थामा गलत सूचना प्रवाहित हुन सक्छ र यसका प्रशस्तै उदाहरणहरु पनि छन् । यसले समाजलाई उद्वेलित बनाइदिन सक्छ । यसकारण सत्य, तथ्य र निष्पक्ष समाचारका लागि घटनामाथि निगरानी राख्ने अभ्यास गर्नेछौँ । समाचार क्रिटिकल हुनु जति जरुरी छ, सकारात्मक तथा सिर्जनशील सोचलाई प्रोत्साहन दिनु पनि त्यति नै जरुरी छ । समाचार लेखनमा सिर्जनात्मकता पनि आवश्यक छ । अक्सर कुनै राजनीतिक दलकाे पक्षपाेषण नेताका गुणगान र भाषणमा हामीले समय खर्चिने छैनाै ।

पत्रकारिता पेसा मात्रै हाेइन सामाजिक जिम्मेवारी पनि हाे । पत्रकारले राष्ट्रिय जीवनका विविध पक्षलाई थप जवाफदेही बनाउन सक्छ । त्यसैले हामी सधै आम नेपाली नागरिक र वृहत राष्ट्रिय हितका पक्षधर रहनेछौं ।

यसका लागि हाम्रो दह्रिलाे अस्तित्व र प्रभावकारिता आवस्यक छ त्याे हाम्रा पाठक, श्रोता र दर्शकहरूको सहयोग, र सुझावबाट मात्र स्थापित हुन सक्छ । सिमित स्रोत साधन र जनशक्तीकाबीच हामीलै थालेको अभ्यासलाई सफल बनाउन यो संस्थालाई आवश्यक सामग्री, सुझाव र सूचना प्रदान गरेर अनि आलोचनामार्फत सहयोग र्पुयाउन हामी सबैलाई अनुरोध गर्दछौँ ।

फेयर नेपाल डट कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *