नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

मेस्सी फिफा वर्ष खेलाडी
एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सी फिफा वर्ष खेलाडी घोषित भएका छन् । फिफाले सोमबारराति इटालीको मिलान मेस्सीलाई अवार्ड प्रदान गरेको हो ।युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका भान डाइकलाई पछि पार्दै मेस्सी सन २०१८ को उत्कृष्ट खेलाडी भएका हुन् ।
मेस्सीले फिफा अबार्ड छैटोपटक प्राप्त गरेका हुन् । महिलातर्फको उपाधि मेगान रापिनोईले पाएकी छन् । पुरुष प्रशिक्षकको अवार्ड लिभरपुलका जोर्गेन क्लोपले र महिलातर्फको अवार्ड जिल एलिसले जिते । वर्षको उत्कृष्ट गोलका लागि दिइने पुस्कास अवार्ड हंगेरीका अठार बर्षि खेलाडी डानियल जेसोरीले प्राप्त गरे ।
महिला गोलकिपर अवार्ड एथ्लेटिको मड्रिडकी गोलकिपर सारी भान भिनेनडलले जितिन् । फिफा फेयर प्ले अवार्ड मार्सेलो बिलसा र लिड्स युनाइटेडले जितेका छन् । लिभरपुलका गोलकिपर एलिसन बेकर फिफा वर्ष खेलाडी घोषणा भएका छन् ।