हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
![](https://fairnepal.com/wp-content/uploads/2019/04/Samsad-Nepal-parliament.jpg)
विशेष समितिकाे म्याद थप
काठमाडौँ । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७ बमोजिम गठित अध्ययन तथा सुझाव संसदीय विशेष समितिको म्याद अर्को अधिवेशनसम्मका लागि थप भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले राखेको म्याद थपसम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन ग¥यो ।
बैठकमा प्रतिनिभिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट प्राप्त सन्देशहरु ‘सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक, २०७५, र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७५’ सन्देशहरु टेबुल गर्नुभयो ।
त्यस्तै प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘औद्योगिक व्यवसाय विधेयक, २०७५” का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनुभयो । रासस