हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
क्यान निर्वाचनको नयाँ मिति तय, निलम्बन फुकुवाको बाटो खुल्यो
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा मार्फत असोज १० र ११ गते निर्वाचन हुने भएको छ । आईसीसीका पदाधिकारी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल र स्वतन्त्र समितिका पदाधिकारीबीच सोमबार भएको छलफलपछि नयाँ मिति तय गरिएको हो । यसअघि जिल्ला र प्रदेशको निर्वाचन सकिएपछि स्वतन्त्र समितिले असोज ३ र ४ गतेका लागि केन्द्रीय निर्वाचनको मिति तोकेको थियो । तर त्यसमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले असन्तुष्टी जनाएपछि हुने भनिएको क्यानको निर्वाचन अन्योल बनेको थियो ।
सदस्यसचिव सिलवालले आईसीसीका पदाधिकारीलाई नै नेपाल बोलाएर आफै बसेर छलफल गरे नयाँ मिति तोकिएको हो । छलफलमा निर्वाचनमा आईसीसी र परिषद्को संलग्नतामा हुने पनि सहमति भएको छ । यो सँगै अक्टोबरमा हुने आइसीसीको क्वाटर बैठकमा क्यानको निलम्बनको फुकुवाको बाटो खेल्ने भएको छ । अब क्यानको निर्वाचन भएपछि यसलाई परिषद्ले मान्यता दिएर आईसीसीलाई पठाउने छ । त्यसपछि नेपालको निलम्बनको फुकुवाको बाटो आधिकारीक रुपमा अगाडी बढ्ने बताइएको छ ।
नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको, निष्पक्ष निर्वाचन गर्न नसकेको भनी आईसीसीले २०७३ को वैशाखदेखि क्यानलाई निलम्बन गर्दै आएको छ । ०००