हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
ओम बचतको साधारणसभा सम्पन्न
रबि भुषण पराजुली
पोखरा । ओम बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १ विन्ध्यबासिनीको एघारौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारील छरिएर रहेका किसान, ब्यापारी, मजदुर, कर्मचारी, गृहणी तथा युवालगायतको रकम संकलन गरेर सहकारीले एकमुष्ठ लगानी गर्दा उत्पादनमा सघाउ पुग्ने बताए । उनले सहकारीलाई उत्पादन, उपभोग, श्रम र सीपमा आधारित रहेर स्वरोजगार सृजना गर्न र थप उत्पादनका कार्यमा जुटेर देशको समृद्धिमा सघाउनुपर्नेमा जोड दिए ।
साधारणसभाको अवसरमा सहकारीले संस्थाका जेष्ठ नागरिक पशुपति पौडेल र आशमाया गुरुङ, असल ऋणी दुर्गा भुजेल, २०७५ सालमा एस.ई.ई.मा उत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने प्रसन्न पराजुली र प्रकृति पराजुली, दश जोड दुईमा उत्कृष्ट अंक ल्याउने जयन अधिकारीलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष बिष्णुप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामप्रसाद अधिकारी, सचिब रमेशप्रसाद अधिकारी तथा छिमेकि सहकारी का अध्यक्षहरुले बोलेका थिए ।
यसैबीच, सहकारीले अबदेखि दैनिक बचत संकलन गर्ने जनाएको छ । यसअघी मासिक रुपमा बचत संकलन गर्दै आएको सहकारीले अबदेखि दैनिक बचत संकलन गर्ने जनाएको हो । साथै सहकारीले छिट्टै रेमिटान्स सेवापनि सञ्चालन गर्ने सचिव रमेशप्रसाद अधिकारीले जानकारी दिए ।
सहकारीले यस वर्ष १३ प्रतिशत लाभांश वितरण गरेको छ । सहकारीको शेयर पुँजी १ करोड ४६ लाख छ भने १ करोड ९ लाख निक्षेप संकलन गरिएको सहकारीका अध्यक्ष विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।