तस्विरमा हेराैँ न त इन्द्रजात्रा

काठमाडौं । परम्परागत रुपमा मनाईने इन्द्रजात्रा आज विधिवत् रुपमा मनाइएको छ । विशेष रुपमा वसन्तपुरलाई केन्द्र बनाउँदै मनाइने यस जात्रामा राष्ट्रपति विद्या भण्डारीले अवलोकन गर्नुभयो । उहाँलाई काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले स्वागत गर्नुभएको थियो ।

इन्द्रजात्रा पर्वमा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनालगायत गद्दी बैठकमा सरिक हुनुभएको थियो ।

इन्द्रजात्रामा पहिलोपटक चीनलगायत पाँच देशका पाहुनाहरुले ऐतिहासिक जात्रालाई अभिरुचीपूर्वक हेर्नुभएको थियो । चीनको लान्जाउ सिटीका मेयर जियाङ सियावहोङ, । भारतको नर्थ दिल्ली नगरपालिकाका मेयर सरदार अवतार सिंह, भूटानको थिम्पू नगरका मेयर किन्ले दोर्जीलगायत जात्रामा सहभागी हुनुभएको थियो । तस्बिरमा हेराैँ इन्द्रजात्रा-

Leave a Reply

Your email address will not be published. Required fields are marked *