हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
यी हुन् हालसम्म चीनबाट नेपाल आएका राष्ट्रपति-प्रधानमन्त्री, काे कहिले आयाे ?
काठमाडाैँ । चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आइतवार साँझ नेपाल आएका छन् । परारष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निम्तोमा उनी नेपाल आएका हुन् । पाकिस्तानको भ्रमण सकेर नेपाल आएका उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।
उनको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमणको तयारीका रूपमा पनि हेरिएको छ । भने नेपालका आर्थिक विकासमा चीनसँगको साझेदारीका बारेमा पनि द्विपक्षीय छलफल हुने बताइएको छ ।
चीनबाट उच्च स्तरका भ्रमणहरु कमैमात्र हुने भएकाले पनि उनको भ्रमणलाई चासोका साथ हेरिएको छ । हुन त नेपाल चीन उच्चस्तरीय भ्रमणको इतिहास पूरानो नै छ ।
नेपाल र चीनसँग दौत्य सम्बन्ध स्थापना भएका बखतदेखि नै दुवै देशबीच उच्च तहमा भ्रमणहरूले तीव्रता पाएको देखिन्छ । तर जति मात्रामा नेपाली उच्च अधिकारीहरू चीनको भ्रणममा जान्छन् त्यस्तै मात्रामा चीनबाट भने भ्रमण हुन नसकेको भन्दै कतिपयले आलोचना गर्ने गरेका छन् ।
पछिल्लो पटक भएका चिनियाँ उच्च पदाधिकारीहरूको भ्रमणहरू पनि संक्षिप्त हुने वा बाटो पर्दा मात्र नेपालमा अवतरण गर्ने गरेको कतिपयको आरोप रहने गरको छ ।
’इकोनोमिक एन्ड कमर्शियल कन्सुलर्सस् अफिस अफ दि एम्बेसी अफ द पिपुल्स रिपब्लिक अफ चाइना इन फेडरल डेमोक्याक्ट्रिक रिपब्लिक अफ नेपाल’ नामक संस्थाका अनुसार राजा महेन्द्र र विरेन्द्र दुवैका राज्याभिषेकमा चीनबाट उच्चस्तरीय भ्रणम भएका थिए ।
चीनबाट नेपालमा भएका उच्चस्तरीय भ्रणमहरू:
मिति | पद | नाम |
जनवरी २५–२९, १९५७ | प्रधानमन्त्री | चाउ एनलाई |
एप्रिल २६–२९, १९६० | प्रधानमन्त्री र उपप्रधानमन्त्री | चाउ एनलाई र चेन यी |
फेब्रुअरी २२–२६, १९७५ | उपप्रधानमन्त्री | चेन सिलियान |
फेब्रुअरी ३–६, १९७८ | उपप्रधानमन्त्री | देङ सियाओ पिङ् |
जुन ४–७, १९८१ | प्रधानमन्त्री | झाओ झियाङ |
मार्च १९–२३, १९८४ | राष्ट्रपति | ली सियाननियान |
मे २८–जुन १, १९८७ | उपप्रधानमन्त्री | चियाओ सी |
नोभेम्बर १९–२१, १९८९ | प्रधानमन्त्री | ली पेङ् |
जुलाई १९–२०, १९९४ | उपप्रधानमन्त्री | चियान् चिचेन् |
डिसेम्बर ४–५, १९९६ | राष्ट्रपति | जियाङ जमिन |
मे २००१ | प्रधानमन्त्री | झु रोङ्जी |
जनवरी १४, २०१२ | प्रधानमन्त्री | वेन जियाबाओ |