What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
सर्वोच्च अदालतको आदेशपछि एमबीबीएसकाे प्रवेश परीक्षा स्थगित
What To Know
- काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पहरुमा शनिबारदेखि गर्ने भनिएको प्रवेश परीक्षाहरु स्थगित गरेको छ ।.
- .
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पहरुमा शनिबारदेखि गर्ने भनिएको प्रवेश परीक्षाहरु स्थगित गरेको छ ।
सर्वोच्च अदालतको आदेशपछि त्रिविले शुक्रबार साँझ अर्को सूचना प्रकाशित नभएसम्मका लागि पूर्वनिर्धारित सम्पूर्ण विषयका प्रवेश परीक्षाहरु स्थगित गरेको जनाएको छ।
चिकित्सा शिक्षा आयोग ऐन जारी भइसकेको अवस्थामा विश्वविद्यालयहरुले आफूखुसी प्रवेश परीक्षा लिएको अनि ७५ प्रतिशत छात्रवृत्ति छल्न खोजेको भन्दै विद्यार्थीले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश तेजबहादुर केसीको इजलासले आईओएमअन्तर्गतको प्रवेश परीक्षा नगर्न शुक्रबार दिउँसो आदेश दिएको थियाे।
त्रिविले यही भदाै २१ देखि २४ गतेसम्म शैक्षिक सत्र २०७६/७७ को स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुमा नयाँ भर्नाका लागि परीक्षा निर्धारण गरेको थियो।