बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेट
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली सिङ्गापुरबाट स्वास्थ्य उपचार गराएर आज फर्कनु भएपछि उहाँको स्वास्थ्योपचारबारे जानकारी लिन अध्यक्ष दाहाल बालुवाटार जानुभएको हो ।
सो अवसरमा उहाँहरुबीच समसामायिक राजनीतिक विषयमा छलफल भएको दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओली उपचारका क्रममा सिङ्गापुर रहँदा अध्यक्ष दाहालले सचिवालय बैठक राखेर एकताका कामसमेत गर्नुभएको थियो । यही भदौ ५ गते उपचारका लागि सिङ्गापुर जानु भएका प्रधानमन्त्री ओली आज स्वदेश फर्कनु भएको हो ।