What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
आजदेखि विमानस्थल सात घण्टा बन्द
What To Know
- पहिलो चरणमा विमानस्थलको धावनमार्गको स्तरोन्नति गरिएको थियो । त्यसको करिब ९५ प्रतिशत काम पूरा भएको उहाँले जानकारी दिनुभयो । ‘दोस्रो चरणमा ट्याक्सी वे र लिङ्क रोड निर्माणको काम हुनेछ’ उहाँले भन्नुभयो । यो काम करिब चार महिनामा पूरा हुने उहाँले बताउनुभयो । यसबाहेक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘रन वे लेन राइट’ पनि राखिने क्षेत्रीले जानकारी दिनुभयो ।.
- विमानस्थल सात घण्टा बन्द भए पनि नेपाल वायुसेवा निगमको जापानको ओसाका उडानमा भने असर पर्नेछैन । राति साढे २ बजे ओसाका उडान गर्दै आएको निगमको उडान समयमा आधा घण्टा विमानस्थल स्तरोन्नति काम बन्द गरिने क्षेत्रीले जानकारी दिनुभयो । ‘राति दुई बजेदेखि निगमको उडानका लागि काम बन्द गर्छौं’ उहाँले भन्नुभयो ‘साढे दुई बजे उडान भएपछि काम सुरु हुन्छ ।’.
काठमाडौँ । आइतबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सात घण्टा बन्द हुने भएको छ । विमानस्थल स्तरोन्नतीकरणको दोस्रो चरणअन्तर्गत निर्माणका लागि राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म बन्द गर्न लागिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
पहिलो चरणमा विमानस्थलको धावनमार्गको स्तरोन्नति गरिएको थियो । त्यसको करिब ९५ प्रतिशत काम पूरा भएको उहाँले जानकारी दिनुभयो । ‘दोस्रो चरणमा ट्याक्सी वे र लिङ्क रोड निर्माणको काम हुनेछ’ उहाँले भन्नुभयो । यो काम करिब चार महिनामा पूरा हुने उहाँले बताउनुभयो । यसबाहेक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘रन वे लेन राइट’ पनि राखिने क्षेत्रीले जानकारी दिनुभयो ।
विमानस्थल सात घण्टा बन्द भए पनि नेपाल वायुसेवा निगमको जापानको ओसाका उडानमा भने असर पर्नेछैन । राति साढे २ बजे ओसाका उडान गर्दै आएको निगमको उडान समयमा आधा घण्टा विमानस्थल स्तरोन्नति काम बन्द गरिने क्षेत्रीले जानकारी दिनुभयो । ‘राति दुई बजेदेखि निगमको उडानका लागि काम बन्द गर्छौं’ उहाँले भन्नुभयो ‘साढे दुई बजे उडान भएपछि काम सुरु हुन्छ ।’
बानी सुधार्न सकारात्मक कक्षा
विमानस्थलमा कार्यरत विभिन्न निकायको काम कारबाहीप्रति आम गुनासो बढिरहेको भन्दै आइतबारदेखि सकारात्मक कक्षा सञ्चालन हुने भएको छ । पाँच दिनसम्म सञ्चालन हुने उक्त कक्षामा नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी, अध्यागमन विभागलगायत सम्बद्ध सबै कर्मचारीलाई हरेक दिन कक्षामा सकारात्मक रूपमा सेवा प्रवाहको तालिम उपलब्ध गराइने महाप्रबन्ध क्षेत्रीले जानकारी दिनुभयो । हरेक दिन ५० जनालाई यस्तो कक्षा उपलब्ध गराइने उहाँले बताउनुभयो ।






