पितृसतात्मक सोच बिरुद्ध आवाज उठाउन प्रदेश ३ प्रमूख कोइरालाको आग्रह

काठमाडौं । प्रदेश नम्बर तीनकी प्रमूख अनुराधा कोइरालाले पितृसतात्मक सोच बिरुद्ध आवाज उठाउन आग्रह गर्नुभएको छ । इन्टरनेशनल एसोसिएसन अफ लायन्स क्लब अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं क्रियटिभ यूथले आयोजना गरेको इन्टलेशन अफ इन्डक्सन कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सामाजिक रुपान्तरणका लागि पहिला महिलाहरुको समस्या समाधान गर्नुपर्ने बताउनुभएकचो हो ।

उहाँले महिला र बालबालिकाको समस्या अहिले प्रमुख भएकाले पहिला यसको समाधान भए अन्य समस्याहरु समाधान आफै हुँदै जाने जिकिर गर्नुभयो । कोइरालाले लायन्स क्लव समाज लागि निकै राम्रो भएको बताउँदै लायन्स क्लवले पु¥याएको योगदानको प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रममा समाजमा टेवा पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा विदेशबाट नेपाल आएर थुप्रै व्यवसायहरु संचालन गरि सयौँलाई रोजगारी दिएर व्यवसायको माध्यमबाट समाज परिवर्तन र देशको आर्थिक सम्मृद्धि उकास्न ठूलो भूमिका खेलेकोमा, लायन्स क्लब इन्टरनेसनलको इन्डक्सन र इन्स्टलेसनमा नाइस टेलिभिजन तथा मगर्स क्रियशनका सिइओ आर्शिवाद पुन मगर, वरिष्ठ पत्रकार दिपक श्रेष्ठ, शैलेन्द्र श्रेष्ठ, गरिमा पौडेल, सुरेश डंगोल, श्याम प्र रेग्मीलाई समेत सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा सम्मानित भएपछि बोल्दै गायक आनन्द कार्कीले लायन्स क्लवले समाजका लागी राम्रो काम गर्दै आइरहेको बताउनु भयो ।

कार्यक्रममा लायन्स क्लवमा विभिन्न क्षेत्रबाट प्रवेश गरेका नयाँ सदस्यहरुलाई स्वागत एवम सपथ ग्रहण गराइएको थियो । कार्यक्रममा नयाँ सदस्यहरुलाई इन्सटलीङ अफिसर लायन्सका इन्द्र खत्री राजनले प्रतिज्ञा गराउनुभएको हो । ०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *