काठमाडौँ । बुद्धजयन्तीको अवसर पारेर बिहीबारदेखि प्रदर्शन सुरु गरिएका दुई नयाँ चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ लाई दर्शकले साथ दिएका छन् । प्रदर्शनको पहिलो…
![](https://fairnepal.com/wp-content/uploads/2018/10/football-game-3.jpg)
साफ यू–१५ फुटबल : नेपाल विजयी
काठमाडौँ । भारतमा जारी पाचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले साविक विजेता बङ्गलादेशलाई पराजित गरेको छ । भारतको कल्याणी रङ्गशालामा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ४–१ गोलले हराएको हो ।
यसअघि नेपालले श्रीलङ्कालाई २–० गोलले हराएको थियो । बङ्गलादेशसँगको खेलमा नेपालका लागि क्रिशन अधिकारी यादवले दुई तथा सुगन जिमी र प्रदीप लम्सालले एक/एक गोल गरे । बङ्गलादेशका लागि मियाँले सान्त्वना गोल गरे । जितसँगै नेपाल तीन खेलबाट छ अङ्कका साथ दोस्रो स्थानमा उक्लिएको छ ।
तेस्रो स्थानमा झरेको बङ्गलादेशले पनि तीन खेलबाट छ अङ्क नै बटुलेको छ । अब नेपालले अन्तिम खेल बिहीबार भुटानसँग खेल्नेछ । यसअघि नेपाल पहिलो खेलमा भारतसँग ५–० गोलले पराजित भएको थियो ।
प्रतियोगितामा नेपालसहित बङ्गलादेश, भारत, श्रीलङ्का र भुटान सहभागी छन् ।