कांग्रेस नेता काफ्लेको सम्झनामा जिल्ला कार्यसमिति गुल्मीद्वारा श्रद्धाञ्जली सभा

कौरव खत्री
गुल्मी । नेपाली कांग्रेस जिल्ला कार्य समिति गुल्मीले कांग्रेस क्रियाशिल सदस्य थानेश्वर काफ्लेको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरेको छ । कांग्रेस जिल्ला कार्यसमिति सदस्य कल्पना घिमिरेका पिता मुसिकोट नगरपालिका ७ वामीका काफ्लेको ५ औँ दिनको पूण्यतिथिका अवसरमा शुक्रबार श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो ।

शोक सभालाई सम्वोधन गर्दै नेपाली कांग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले एक सच्चा र इमान्दार अभिभावक थानेश्वर काफ्लेको निधनले पार्टीका लागि ठूलो क्षती पुगेको बताउनुभयो ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति गुल्मीका उपसभापति बिष्णु बलाल, नेपाली कांग्रेस जिल्ला कार्य समिति गुल्मीका पार्टी सचिव खिलध्वज पन्थी, नेपाली कांग्रेस मुसिकोट नगरकार्य समिति गुल्मीका संयोजक शुर्दसन शाक्य, नेपाली कांग्रेस मुसिकोट नगरपालिका छाँया सरकारका संयोजक झविलाल भण्डारी, मुसिकोट नगरपालिका वडा नं.७ का कार्यबाहाक सभापति तेजिन्द्र जिसी, मुनपा वडा नं.९ का सभापति टिकाराम सापकोटा लगायलले स्व. काफ्लेले समाज र पार्टीलाई पु¥याएको योगदानको चचा गर्दै शोक ब्यक्त गर्नुभएको थियो ।

श्रद्धाञ्जली सभा कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समितिका पदाधिकारी, भातृ संगठनका प्रमुख एव प्रतिनिधि, नेपाली कांग्रेस मुसिकोट नगर कार्यसमिति तथा विभिन्न वडाका सभापति एवं प्रतिनिधिहरु शुभेच्छुक नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

शद्धाञ्जली सभा कार्यक्रम नेपाली कांग्रेस जिल्ला कार्य समिति गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठको सभापतित्व तथा पार्टी सचिव बिष्णु कुमारी सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *