बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

नेपाल प्रहरीमा भर्ती खुल्यो
काठमाडौँ । नेपाल प्रहरीले प्रहरी जवान र प्रहरी कार्यलय सहयोगीका लागि नयाँ भर्ना आह्वान गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै प्रहरीले रिक्त रहेको प्रहरी जवान (जनपद) र प्रहरी कार्यालय सहयोगी पदहरुमा खुला प्रतियोगिताद्वारा पदपूर्तीका लागि भर्ना आह्वान गरेको हो ।
प्रहरी जवान पदका लागि ३ हजार ५ सय ९६ जना माग गरेको छ । जसमध्ये खुला १ हजार ९ सय ३८, अमरअशक्त प्रहरी परिवारका ७२, आदिवासी जनजाति ५ सय ७ मधेशी ४ सय ४४, महिला ३ सय १७, दलित २३८ र पिछडिएको क्षेत्रबाट ८० पदका लागि दरखास्त दिन सक्नेछन् ।
त्यस्तै भान्छे १ सय ८० जना, हजाम १० जना, कुचीकार २० जना र खेलाडी २५ जना माग गरेको छ । खेलाडी तर्फ फुटबल (महिला/पुरुष) भलिबल (महिला/पुरुष), टेवलटेनिस, कराते, तेक्वान्दो, जुडो, पुरुष कृकेट, भारोत्तोलन विधातर्फका खेलाडीहरुले मात्र दरखास्त दिनसक्ने सूचनामा जनाइएको छ ।
भदौ ९ गते देखि असोज ६ गतेसम्म दरखास्त दिन सकिने छ ।