बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

नेकपा प्रदेश २ अध्यक्ष प्रभु साहले दिए राजीनामा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता प्रभु साहले प्रदेश २ अध्यक्षबाट राजीनामा दिनुभएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर साहले प्रदेश अध्यक्ष पदबाट राजीनामा दिनुभएको हो ।
पार्टी नेतृत्वसँगको असन्तुष्टिका कारण शाहले राजिनामा दिएको बुझिएको छ । स्थायी कमिटी सदस्यका प्रवल दाबेदार मानिएका साहको नाम कमिटीमा नपरेपछि पछिल्लो समय उहाँ नेतृत्वसँग असन्तुष्ट रहँदै आउनुभएको थियो ।
पार्टीको माथिल्लो निकायको गलत निर्णय र निर्देशनका कारण काम गर्ने वातावरण नभएको साहको बुझाइ छ । प्रदेश अध्यक्षको रुपमा आफूले अगाडि बढाएका हरेक कार्यमा पार्टीको नेतृत्व तहबाट नै असहयोग र चौतर्फी घेराबन्दी भएका कारण पदबाट राजीनामा दिएको उहाँको भनाइ छ ।
प्रदेश अध्यक्षको जिम्मेवारी पाइसकेपश्चात पनि उनलाई भूमिकाविहीन बनाइएको थियो ।