नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

अरुणखोलाकाे डाईभर्सन बगायो, पूर्वपश्चिम महेन्द्र राजमार्ग साँझ ६ बजेदेखि अबरुद्ध
नवलपुर । अरुणखोलामा बनाएको डाईभर्सन बाढीले बगाएपछि साँझ ६ बजेदेखि पूर्व-पश्चिम महेन्द्र राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अबरुद्ध भएको छ । गत बुधवार बिहान ट्रकको ठक्करबाट अरुणखोला पुल भाचिएपछि वनाइएको ड्राइभर्सजन आइतबार साँझ बाढीले बगाएपछि महेन्द्र राजमार्गको बुटवल–नारायणघाट सडकखण्ड अवरुद्ध भएको हाे ।
बाढीले ड्राइभर्सन वनाउन प्रयोग गरिएको ह्युम पाइपहरु केही मिटर वगाएर लगेको छ । डाइभर्सनसिछ शनिवार दिउसोदेखि केही सहज वनेको पूर्व-पश्चिम राजमार्गको यातायात सेवा अहिले पूर्णरुपमा अबरुद्ध भएको छ । खोलामा पानीको वहाब ठूलो रहेकाले तत्काल वैकल्पिक मार्ग मार्फत यातायात सञ्चालन गर्न सम्भव नरहेको प्रहरीले जनाएको छ ।
यातायात बन्द भएपछि हजारौं सवारी साधन र यात्रु अलपत्र परेका छन् । गैडाकोटदेखि कावासोतीसम्मको बाटोमा यातायातका साधनहरु रोकिएको प्रहरीले जनाएको छ ।