What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

मन्त्री र सचिवबीच ‘कार्यसम्पादन सम्झौता’
What To Know
- काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाबीच आज ‘कार्यसम्पादन सम्झौता’ गरिएको छ । .
- .
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाबीच आज ‘कार्यसम्पादन सम्झौता’ गरिएको छ ।
मन्त्रालय मातहतका कार्यलय तथा स्थानीय प्रशासनलाई सवलीकरण गर्ने उद्देश्यले उक्त सम्झौता गरिएको हो । यहाँ आज आयोजित कार्यक्रममा मन्त्री पण्डितले सङ्घीय निजामती ऐन छिट्टै ल्याउने गृहकार्य भइरहेको बताउँदै त्यसले कर्मचारीलाई वैज्ञानिकरुपमा व्यवस्थापन गर्न सहयोग गर्ने जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन कायम गर्न सबै मन्त्रालयमा प्रभावकारी ढङ्गमा कार्यसम्पादन गर्न निर्देशन दिएका कारण उक्त सम्झौता गरिएको छ, यसले राष्ट्रसेवक कर्मचारीको कार्यसम्पादनमा समीक्षा गरी वृत्तिविकासको अग्रसर प्रदान गरिने छ ।” विगतमा जे जस्तो भएको भए पनि अब राम्रो काम गर्नेलाई उचित मूल्याङ्कन गरिने बताउँदै कार्यालयको समय अवधिभित्र निजी स्वार्थका कार्य नगर्न र सेवा प्रवाहमा कर्तव्य पूरा गर्न मन्त्री पण्डितले आग्रह गर्नुभयो ।
सचिव कोइरालाले मन्त्रालयबाट उपलब्ध हुने सेवा तथा स्थानीय प्रशासनलाई जनताप्रति थप उत्तरदायी बनाउन उक्त सम्झौता महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले स्थानीय विकासका साथै पूर्वाधार निर्माणमा स्थानीय तहका प्रत्येक पालिकालाई एकापसमा जोड्ने, सबै पालिकाका भवनको विकास एकै प्रकारले गरिने जानकारी दिनुभयो ।