पत्रकारसँग बोल्न चाहेनन् प्रधानमन्त्री, हिँड्दा हिँड्दै भने, ‘म स्वस्थ छु’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वेदश फर्कनु भएको छ । प्रधानमन्त्री ओली सिंगापुरमा स्वास्थ्य उपचारपछि सोमबार स्वदेश फर्कनु भएको हो । उहाँलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका नेताहरु बामदेव गौतम, सुवाष नेम्वाङलगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो ।

१२ वर्ष अघि मृर्गौला प्रत्यारोपण गराउनु भएका प्रधानमन्त्री ओली गत श्रावण १८ गते स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गर्नु भएको थियो । स्वास्थ्य परीक्षणको सबै रिर्पोट प्राप्त भएपछि प्रधानमन्त्री ओली स्वदेश फर्कनु भएको हो । उहाँले विमानस्थलमा संचारकर्मीहरुसँग भने कुरा गर्न चाहनु भएन । बिगतमा जस्तो विमानस्थलमा औपचारिक रुपमा पत्रकार सम्मेलन पनि गर्नुभएन। उहाँले विमानस्थलको भीभीआइपी कक्षमा हिँडाइकै क्रममा आफ्नो स्वास्थ ठिक रहेको बताउनुभएको थियो। तर उहाँको सचिवालयले भने उहाँको स्वास्थ्य अवस्थाबारे कुनै पनि जानकारी गराएको छैन ।

स्वागतका लागि पुगेका नेता, मन्त्रीहरुसँग भने प्रधानमन्त्री ओली हँसिलो मुहारका साथ प्रस्तुत हुनु भएको थियो । प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक दिव्या शाह पनि सिंगापुर जानु भएको थियो । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको रिर्पोट प्राप्त भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *