नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

नेपाली सेनाका मेजर लागूऔषधसहित पक्राउ
मोरङ । नेपाली सेनाका मेजर अजितप्रताप सिंह लागूऔषधसहित पक्राउ परेका छन् । कैलालीको धनगढी घर भइ नेपाली सेनाको पूर्वी पृतनालय इटहरीमा कार्यरत सेनानी सिंहलाई प्रहरीले ब्राउन सुगरसहित सनिबार इटहरी–२ बाट पक्राउ गरेको हो ।
सिंहको साथबाट डेढ ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेले जानकारी दिनुभयाे ।
सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले लागूऔषधसहित सैन्य अधिकारी पक्राउ भएको पुष्टि भए सैनिक ऐन अनुसार कारबाही हुने बताउनुभयाे। उहाँले गैरकानूनी क्रियाकलापमा संलग्न हुने सैन्य अधिकारीहरुको डिमोसनसमेत हुन सक्ने बताउनुभयाे ।