नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्यो
काठमाडौँ । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही साउन २६ आइतबारसम्मका लागि सरेको छ ।
काङ्ग्रेसको असार २२ गतेदेखि जारी बैठकमा विभिन्न १४ बुँदामा छलफल शुरु भए पनि साउन २२ का लागि बोलाइएको बैठक विभिन्न कारण देखाउँदै साउन २६ गतेसम्मका लागि सारिएको हो ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक साउन २६ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको जानकारी दिनुभयो ।
काङ्ग्रेस केन्द्रीय कार्यालयले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरेको छ ।
–––