बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

दाेलखामा पहिराेले दश घर बगायो, दुईजना बेपत्ता
दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर १ मा पहिरो जाँदा दश घर बगाएको छ । पहिरोमा परी दुईजना बेपत्ता भएका छन् । गएराति गाउँपालिकको वडा नम्बर १ स्थित झगडेमा आएको पहिरोले उक्त घरसहित अन्दाजी ५५ वर्षीय स्थानीय जगतबहादुर खत्री बेपत्ता भएका हुन् ।
त्यसैगरी, गएराति नै वडा नम्बर १ स्थित जुँगु खोलाको बाढीमा फसेको गाडीको यात्रु उद्धार गर्ने क्रममा वडा नम्बर २ का अन्दाजी १८ वर्षीय निशान खड्का बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
लगातारको झरीसँगै आएको पहिरोमा परी वडा नम्बर १ को झगडे, राजपुलगायतका ३० घर जोखिममा परेको छ ।
घटना सदरमुकाम चरिकोटबाट ११ कोष टाढा रहेकाले उद्दारका लागि थप बल पठाउँदै गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।