What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
स-परिवार लिएर प्रचण्ड घुमफिर गर्न युएई, सिंगापुर जाने तरखरमा प्रम ओली
What To Know
- काठमाडौँ । पारिवारिक भ्रमणका क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्नुभएको छ । अध्यक्ष दाहाल आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।.
- भ्रमण नितान्त पारिवारिक भएकाले कुनै पनि राजनीतिक भेटघाट भने नहुने बताइएको छ । भ्रमण टोलीमा उहाँकी पत्नी सीता दाहाल, दुई छोरी रेणु र गङ्गा पनि रहनुभएको छ । अध्यक्ष दाहाल यही साउन १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।.
काठमाडौँ । पारिवारिक भ्रमणका क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्नुभएको छ । अध्यक्ष दाहाल आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
भ्रमण नितान्त पारिवारिक भएकाले कुनै पनि राजनीतिक भेटघाट भने नहुने बताइएको छ । भ्रमण टोलीमा उहाँकी पत्नी सीता दाहाल, दुई छोरी रेणु र गङ्गा पनि रहनुभएको छ । अध्यक्ष दाहाल यही साउन १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
सिंगापुर जाने तरखरमा प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि आउँदो साउन १८ गते सिंगापुर जानुहुने भएकाे छ। प्रधानमन्त्री ओलीको सिंगापुर जान लागेकाे पार्टी सचिवालयको बैठकमा साेमबार जानकारी गराइएकाे थियाे ।
प्रधानमन्त्रीको स्वास्थ्यमा ‘केही समस्या’ भएपछि गत शुक्रबार आर्मी अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरिएको थियो। पछिल्लाे केही समययता प्रधानमन्त्री ओली तारम्तार बिरामी परिरहनु भएकाे छ । केही दिन अघि दाइनेपट्टीकाे बुद्धि बगरा समेत खसेकाे प्रम ओली आफैले राजधानीमा आयाेजित एक कार्यक्रममा सुनाउनु भएकाे थियाे ।






