What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

गृह मन्त्रालयको वार्षिक कार्यक्रम सफल : गृहमन्त्री थापा
What To Know
- काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले आर्थिक वर्ष २०७५/७६ मा गृह मन्त्रालयले बनाएको कार्यक्रम तथा योजना सफल रहेको बताउनुभएको छ ।.
काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले आर्थिक वर्ष २०७५/७६ मा गृह मन्त्रालयले बनाएको कार्यक्रम तथा योजना सफल रहेको बताउनुभएको छ ।
मन्त्रालयमा आव २०७५/७६ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा उहाँले भन्नुभयो, “गत आर्थिक वर्षमा गृहले लिएको जिम्मेवारी कार्यान्वयनमा मूलभूत रुपमा सफल भएका छौंँ, अहिले देखिएका कमिकमजोरीलाई सुधार गर्दै आगामी वर्ष थप सफलता प्राप्त गर्नेगरी योजना बनाउन आवश्यक छ ।”
सरकारले लिएको दिगो विकासको लक्ष्य, १५औंँ आवधिक योजना र २५ वर्षे विकास रणनीति अनुरुपका काम कारवाही र योजना बनाउन उहाँले गृह मन्त्रालयअन्तर्गतका निकायलाई निर्देशन दिनुभयो । गृहमन्त्री थापाले समृिद्धको लक्ष्य प्राप्तिका लागि शान्ति, सुरक्षाको प्रत्याभूति अनिवार्य शर्त रहेको भन्दै सोही अनुरुप सुरक्षामा आवश्यक बजेट विनियोजन हुनुपर्ने टिप्पणी गर्नुभयो ।
कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले विगत वर्षका तुलनमा गत आव २०७५/७६ मा गृहका काम कारवाही प्रभावकारी देखिए पनि अझै असार मसान्तमा कामसक्ने परिपाटीको अन्त्य नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “जेठ १५ मा बजेट आउँदा पनि असार मसान्तमा मात्रै कामसक्ने अवस्थाको निरन्तरता अझै देखियो, अब गृहअन्तर्गतका निकायले कार्ययोजना बनाउँदा पहिलो चौमासिकभित्र बोलपत्र आह्वान र छनोट गरिसक्ने, दोस्रो चौमासिकमा काम शुरु गरिसक्ने गरी योजना बनाउनुहोला ।”
कार्यक्रममा राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक शिवरञ्जन पौडेलले गत आवमा गृह मन्त्रालयले लिएको लक्ष्य, कार्यक्रममा उत्साहजन प्रगति देखिएको भन्दै खुशी व्यक्त गर्नुभयो । बैठकमा गृह मन्त्रालयअन्तर्गतका नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, कारागार विभागलगायतका निकायले आफ्नो वार्षिक कार्यप्रगति विवरण पेश गरेका थिए ।(रासस)