आज पनि लागेन नेकपाकाे कार्यविभाजनको टुगों, सचिवालय बैठक १६ दिनका लागि स्थगित

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक साउन २९ गतेसम्मका लागि स्थगित भएको छ ।
कार्यविभाजनको टुगों लगाउन बसेको बैठकमा सहमति जुट्न नसकेपछि बैठक स्थगित भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, विभाग, आयोग, समिति, प्रतिष्ठानमा कार्यविभाजनका लागि हरेक पक्षसँग सरसल्लाह गर्ने र ठोस प्रस्ताव तयारी गरि साउन २९ गते बस्ने बैठकमा पेस गर्ने र त्यसमा छलफल गर्ने भनेर बैठक स्थगित भएको छ ।’

स्कूल विभागमा मात्र किन विवाद देखिएको छ भन्ने पत्रकारको जिज्ञासमा उहाँले विभागहरुमा कार्यविभाजनको विषयमा छलफल चलिरहेको छ, कुनै सहमति भएको नभएको बेला एउटा स्कूल विभागमा मात्र कुरा मिलेको छैन भनि भन्न नमिल्ने प्रतिकृया दिनुभयो ।

अध्यक्षद्धय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डले गृहकार्य गरी विभिन्न ३२ वटा विभाग, आयोग, समिति र प्रतिष्ठानका लागि गृहकार्य गरी यसअघि बसेको सचिवालयको बैठकमा पेस गर्नुभएको थियो । तर स्कूल विभागमा कुरा नमिलेपछि कार्यविभाजनको टुगों लागेको थिएन ।

स्कूल विभागका लागि नारायाणकाजी श्रेष्ठ र इश्वर पोखरेलले दावी गर्दै आउनुभएको छ । दुवै जना आआफ्नो अडानबाट पछाडि नहटेपछि सचिवालयको बैठक सर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *