What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

जन्मदिनको खर्च गुल्मीका पहिरो पीडितलाई, सहयोगको लागि आग्रह
What To Know
- उनको आग्रलाई देश तथा विदेशबाट सहयोग प्राप्त भइरहेको समेत उनले खुलाएका छन् । शर्माका अनुसार हालसम्म करिव २ लाख रकम संकलन भइसकेको र यो रकमले बाढी प्रभावित क्षेत्रमा पुगेर मृतकका परिवार तथा प्रभावितहरुलाई त्यहाको अवस्था र स्थानिय निकायको समन्यवमा आवश्यक पहल गरिने बताए ।.
- यसैबीच अहिलेसमम वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । लिम्घाका डेढ वर्षीय बालक सञ्जु विक र ७ वर्षीया तारा विक तथा ठूलोलुम्पेकका माया विक र बबी विकको शव फेला परेसँगै मृतकको संख्या १३ पुगेको हो ।.
काैरब खत्री
गुल्मी । हेलिकोप्टर एसोसियसनका अफ नेपालका महासचिव योगराज शर्मा कँडेलले आफ्नो जन्मदिनको लागि छुट्याएको रकम बाढी पीडितलाई सहयोग गर्ने भएका छन् । गत सोमबार राति परेको अविरल वर्षा र त्यसले गुल्मीको सत्यवती गाउँपालिका ३ र ४ मा पुर्याएको क्षतिमा प्रभावित परिवारलाई सहयोग स्वरुप कँडेलले जन्मदिनको रकम जम्मा गरेका हुन् ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यसमेत रहेका उनले आफूले व्यक्तिगत रुपमा ५५ हजार सहयोग गर्ने निर्णय गरेका हुन् भने यस बिपत्तीमा सहयोग गर्न अरुलाई समेत आग्रह गरेका छन् । मानव सेवा नै जीवनको सवै भन्दा ठूलो धर्म हो भन्दै उनले अन्यस सहयोगि मनहरुलाई समेत यस बिपतको अवस्थामा सहयोग गर्न आग्रह गर्दै सानीमा वैंक लि. खता नंं. ००१०००९३९०४१२ मा सक्दो सहयोग र्न समेत आग्रह गरेका छन् ।
उनको आग्रलाई देश तथा विदेशबाट सहयोग प्राप्त भइरहेको समेत उनले खुलाएका छन् । शर्माका अनुसार हालसम्म करिव २ लाख रकम संकलन भइसकेको र यो रकमले बाढी प्रभावित क्षेत्रमा पुगेर मृतकका परिवार तथा प्रभावितहरुलाई त्यहाको अवस्था र स्थानिय निकायको समन्यवमा आवश्यक पहल गरिने बताए ।
यसैबीच अहिलेसमम वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । लिम्घाका डेढ वर्षीय बालक सञ्जु विक र ७ वर्षीया तारा विक तथा ठूलोलुम्पेकका माया विक र बबी विकको शव फेला परेसँगै मृतकको संख्या १३ पुगेको हो ।
पहिरोका कारण ६ सय परिवार घरबारविहीन भएका छन् । उनीहरुलाई अस्लेवा, रामबारी, धर्मपुर माध्यामिक विद्यालय, ढुङ्गाचाल्ने, भानु प्राथमिक विद्यालय, धर्मपुर प्राथमिक विद्यालय, सरस्वती माध्यामिक विद्यालयलगायतका स्थानमा राखिएको छ ।