नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

दाेलखामा भूकम्पकाे धक्का
दाेलखा । दोलखामा भूकम्पको धक्का महसुस गरिएकाे छ । सिंगटी आसपास भएर बुधबार साँझ ५ः५८ मा ४.२ म्याग्नेच्युटको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।
केन्द्रका अनुसार, यो नयाँ भूकम्प नभएर गोरखा भूकम्पको पराकम्पन हो । १२ वैशाख , २०७२ को विनाशकारी भूकम्पपछि पराकम्प जाने क्रम रोकिएको छैन । यसअघि गत असार २१ गते भक्तपुर केन्द्रबिन्दु भएर ४ दशमलब ६ रेक्टरकाे पराकम्प गएकाे थियाे ।
गोरखा भूकम्पपछि चार रेक्टर स्केलभन्दा माथिका ५ सय बढी पराकम्प गइसकेको केन्द्रले जनाएको छ । चार रेक्टरभन्दा साना परकम्प हजारौँको संख्यामा गइसकेका छन् ।