बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

दाउन्नेमा पहिरो खस्दा पूर्व–पश्चिम राजमार्गकाे यातायात प्रभाबित
बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ दाउन्नेमा पहिरो खस्दा पूर्व–पश्चिम राजमार्गकाे यातायात प्रभाबित भएकाे छ । गएरातिदेखि परेकाे वर्षाका कारण पहिराे खसेपछि दाेहाेराे यातायात सञ्चालनमा समस्या भएकाे प्रहरीले जनाएकाे छ ।
पहिराेका कारण बाटो अबरुद्ध भएपछि सवारीको चाप बढेकाे छ । प्रहरीका अनुसार अहिले एकतर्फी रुपमा आलाेपालाे गरेर सवारी सञ्चालन भइरहेकाे छ ।
अहिले डोजर र एक्साभेटरले पहिरो पन्छाउने काम भैरहेको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएकाे छ । पहिरो पन्छाउदै जाने तर पहिरो खस्न नरोकिने गर्दा गाह्रो भैहरेको प्रहरीले जनाएको छ ।
यस सडक खण्डमा वर्षायाममा वर्षेनी पहिराे खस्ने र बाटाे भासिने समस्याका कारण यात्रुहरुले सास्ती भाेग्दै आएका छन् ।